Skip to main content
Advertisement1200×100-inside-1

बाढीबाट विस्थापित भएर राजधानी पुगेका पीडितहरूका लागि उपलब्ध सेवा

गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका थुप्रै मानिसहरूले शरण पाउन काठमाडौँ आएको जानकारी प्राप्त भएको छ। प्रभावित जिल्लाहरूमा ठूलो सङ्ख्यामा व्यक्तिहरू अस्थायी शिविरहरूमा बस्न बाध्य छन्। सरकारले विभिन्न माध्यमबाट राहत प्रदान गर्दै आएको छ।

आफ्नो जिल्ला छोडेर अन्यत्र आएका ती व्यक्तिहरूलाई राहत उपलब्ध गराउने विषयमा उनीहरू चिन्तित छन्। तथापि, केही संस्थाहरूले राजधानीमै उनीहरूको तथ्याङ्क सङ्कलन, नियमित स्वास्थ्य जाँच, र राहत वितरण गर्दै आएका छन्। यसै सन्दर्भमा, निरञ्जन राजवंशीले ‘बीबीसी हातेमालो’का लागि एक संस्थाका प्रतिनिधि उत्तम निरौलासँग विशेष स्वास्थ्य शिविर सञ्चालनबारे कुराकानी गरेका छन्।

Advertisement1200×100-inside-1

featured, special