Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाली महिला ह्यान्डबल टोली बंगलादेश प्रस्थान गर्दै

Advertisement800×200-1

नेपाली महिला ह्यान्डबल टोली आईएचएफ नेसन्स महिला ट्रफी जोन २ को खेलमा भाग लिन शनिबार बंगलादेशको ढाकातर्फ प्रस्थान गर्दैछ। प्रतियोगिता कात्तिक १ देखि ५ गतेसम्म आयोजना हुनेछ। नेपालसँगै बंगलादेश, भारत, मालदिभ्स, यमन र अफगानिस्तानले पनि यस प्रतियोगितामा भाग लिनेछन्।

टोलीमा कप्तान बन्दना राईसहित १४ खेलाडी र प्रशिक्षक सुसिल अधिकारी रहेका छन्। टोलीका अन्य सदस्यहरूमा उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई, शान्तीकला राई र ममता राना समावेश छन्।

नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिव केशव पाठक, कार्यसमिति सदस्य रत्नज्योती मानन्धर र महेन्द्र पुन टोलीसँग रहेका छन्। महासचिव पाठकका अनुसार यो प्रतियोगिता अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ) को आयोजनामा हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र परिषद्की सदस्य मोनालिशा खम्बूले शुक्रबार बिदाइ गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर