Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

शारीरिक व्यायाम बिना योजना पनि गर्न सकिने उपायहरू

Advertisement800×200-1

योजना नबनाइकनै गरिने दैनिक जीवनका सामान्य शारीरिक गतिविधिहरूले पनि मुटु रोग र त्यसबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने थाहा भएको छ। कार्यालयमा बैठकका क्रममा, विमानमा यात्राका बेला अथवा यस्ता कुनै लेख पढिरहँदा पनि त्यस्ता शारीरिक अभ्यासका सरल रूपहरू तपाईँले अपनाउन सक्नुहुन्छ।

पूरै दिन बसेर बिताउन सजिलो हुन सक्छ। पहिला कार्यालयमा तपाईँको डेस्कमा, त्यसपछि शायद तपाईँको कारमा र त्यसपछि केही घण्टा सोफामा बित्छ। केही समयपछि तपाईँ खाना खानुहुन्छ अनि दिनभरि व्यायाम नगरेको याद आउँछ। धेरै विश्वव्यापी अध्ययनहरूले निष्क्रिय जीवनशैलीले गम्भीर स्वास्थ्य समस्याहरूको जोखिम बढाउन सक्ने देखाएका छन्। त्यसैले शरीर निष्क्रिय रहने समय घटाउन हामीले गर्न सक्ने जुनसुकै गतिविधि पनि हाम्रो समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। तर समय निकाल्नु चुनौतीपूर्ण हुन सक्छ।

यही अवस्थामा विना योजनाका व्यायामहरू काम लाग्छन्। त्यो भनेको हामीले योजना बनाएर समय निकालेर गर्ने व्यायामभन्दा भिन्न गर्न सकिने शारीरिक गतिविधि हो। त्यसलाई “नन-एकसर्साइज एक्टिभिटी थर्मोजेनिसिस” अर्थात् नीट भनिन्छ। न्यूजील्यान्डको अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलजीस्थित अनुसन्धानकर्ता अनन्त नारायणनका अनुसार त्यसले सुत्ने, खाने वा जानाजानी गरिने व्यायामबाहेक अन्य गतिविधिका लागि हामीले शारीरिक उर्जा खपत गर्ने कार्यलाई जनाउँछ। बस्दा अथवा भाँडा माझ्दा खुट्टा चलाउनु जत्तिकै विना योजनाका व्यायाम सरल हुन सक्छन्। “बसिरहँदा आसन परिवर्तन गर्ने, काँधहरू घुमाउने वा खुट्टा तन्काउने र खुम्च्याउने जस्ता साना चालहरू पनि यसमा समावेश गर्न सकिन्छ,” नारायणन भन्छन्।

विना योजनाका व्यायाम हाम्रो स्वास्थ्यको रक्षा गर्न, बढी क्यालरी खपत गर्न, मुटु रोगको जोखिम कम गर्न र त्यसका कारण हुने मृत्युको जोखिम कम गर्न आश्चर्यजनक रूपमा शक्तिशाली माध्यमका रूपमा देखा परिरहेको छ। एक पटक हामीलाई यो “विना योजनाका शारीरिक गतिविधि” बारे थाहा भएपछि हामी केही साधारण जीवनशैली परिवर्तन गरेर त्यसलाई हाम्रो नियमित दिनचर्यामा समावेश गर्न सक्छौँ। यहाँ केही सुझाव छन्, जुन तपाईँले प्रयास गर्न सक्नुहुन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर