यूकेमा विगत पाँच वर्षदेखि ओछ्यानमा उडुसहरू राखेर सुत्दै आएका एक वैज्ञानिक आफूलाई उडुसले टोक्दा कुनै फरक नपर्ने बताउँछन्। कीटवैज्ञानिक डा रिचर्ड नेलरले संसारभरि उत्पादन गरिने कीटनाशक पदार्थहरूको परीक्षण गर्न हजारौँ उडुसहरू पालेका छन्।
यूकेको ग्लोस्टर्शरमा रहेको फरेस्ट अफ डीनस्थित आफ्नो बगैँचामा उनले उडुसहरूमाथि परीक्षण गर्न दुइटा कोठा छुट्ट्याएर त्यहाँ आफ्ना लागि शयनकक्ष बनाएका छन्। उडुस नियन्त्रण गर्ने उद्देश्यले उत्पादन गरिएका नयाँ स्प्रे र रिपेलन्टहरू प्रभावकारी छन् कि छैनन् भनेर जाँच्न आफूले त्यसो गर्नुपरेको उनको भनाइ छ।