गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो सङ्ख्यामा बालबालिकालाई प्रभावित गर्यो। उनीहरूको सामान्य दिनचर्या र पढाइलेखाइमा ठूलो खलबल आएको छ। विशेषगरी, ‘अटिजम’ जस्ता अवस्थाबाट पीडित बालबालिकालाई यो विपद्ले झन् धेरै असर गरेको छ।
‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले बाढी प्रभावित क्षेत्रमा रहेका अटिजम भएका एक बालककी आमासँग र विपद्को बेला उनीजस्ता बालबालिकाको हेरचाह र सुरक्षा कसरी गर्ने भन्ने विषयमा अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनिता मलेकु आमात्यसँग कुराकानी गरेकी छन्।