

सोनिया गान्धीले प्रधानमन्त्री पद अस्वीकार गर्ने कारण र संवादको खुलासा


भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसक्रममा आफ्ना छोरा राहुल गान्धीसँग भएको संवादबारे खुलासा गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ को प्रसंग उल्लेख गर्दै लेखेकी छन्, ‘मेरो मनबाट शंकाको अन्तिम अंश पनि हट्यो। मैले आफूलाई भनेँ– सोनिया, आफूप्रति इमानदार बन। तिमीलाई सधैँदेखि यसको जवाफ थाहा थियो। त्यसैले यो विषय छाडिदेऊ।’ उनले आफ्नो पुस्तकमा त्यस समयका विभिन्न घटनाक्रम र राजनीतिक परिस्थितिबारे स्मरण गरेकी छन्।
सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि भारतको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको थियो। कांग्रेसले चुनाव जितेपछि उनी नै प्रधानमन्त्री बन्ने चर्चा पनि व्यापक थियो। तर सोनिया गान्धीले त्यतिबेला प्रधानमन्त्री पद अस्वीकार गर्दै आफ्नो ‘अन्तरात्माको आवाज’ अनुसार निर्णय लिएको बताएकी थिइन्। मनमोहन सिंह प्रधानमन्त्री बनेपछि पनि भाजपा र तत्कालीन विपक्षी नेताहरूले सरकार १० जनपथ अर्थात् सोनिया गान्धीको निवासबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएका थिए।
सोनियाले स्पष्ट पारेकी छन् कि उनले सरकारको दैनिक कामकाजमा हस्तक्षेप नगरेकी थिइन्। उनले लेखेकी छन्, ‘मैले कहिल्यै सरकारी फाइल नदेखाएको’ र सरकारी फाइल मगाएको आरोप झुटो रहेको उल्लेख गरेकी छन्। चुनाव प्रचारका क्रममा प्रधानमन्त्री को बन्ने भन्ने प्रश्न उठ्दा आफूले कहिल्यै निश्चित जवाफ नदिएको पनि उनले उल्लेख गरेकी छन्।
सोनियाले आफ्नो निर्णयको प्रभाव पार्टीमा मात्र नभई सम्पूर्ण भारतमा पर्ने बारे सोचिरहेकी थिइन्। उनले लेखेकी छन्, ‘भारतलाई विभाजन गर्ने राजनीतिबाट टाढा राख्न हामीलाई बलियो र सक्षम सरकार आवश्यक थियो। सबैभन्दा बढी हामीलाई विकास र प्रगतिको आवश्यकता थियो।’

सम्बन्धित खबर









