Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मकवानपुरको भीमफेदीमा हायस दुर्घटनामा १० जनाको मृत्यु

Advertisement800×200-1

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाण्डू सडकखण्डमा बिहीवार बिहान एउटा यात्रुवाहक सवारीसाधन दुर्घटनामा पर्दा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाण्डूबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त विद्युतीय हायस बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन्।
“दुर्घटनामा परी ज्यान गुमाउनेमा तीन महिला, दुई बालबालिका र पाँच पुरुष छन्,” उनले भने।
दुर्घटनामा परी घाइते भएका यात्रुमध्ये तीन जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपचार भइरहेका यात्रुमा दुई बालक र एक पुरुष रहेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर