Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

न्यूयोर्कमा तीन तले भवन भत्किँदा एक जनाको मृत्यु, १० घाइते

Advertisement800×200-1

२६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागका अनुसार ब्रुकलिनमा बुधबार साँझ उक्त भवन भत्किएको थियो । जुन भवन सन् १९३० मा निर्मित भएको थियो । जसमा चारवटा फ्ल्याटहरू थिए ।

भग्नावशेषबाट बाँचेकाहरूको खोजीका लागि कुकुरसहित दर्जनौं अग्नि नियन्त्रकहरू खटिएका थिए । ड्रोनबाट लिएको तस्वीर अनुसार उक्त भवनको छेउमा रहेको निर्माण स्थलमा रहेको भग्नावशेष खाल्डोमा खसेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूले घाइते हुनेहरूमा निर्माण कामदारहरू पनि रहेको आशंका गरिएको छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर