अमेरिकाको न्यूयोर्कमा भत्किएको एउटा भवनबाट एक जना मानिसको जीवितै उद्धार गरिएको दृश्य हेर्नुहोस्। त्यहाँ तीनतले भवन भत्किएर खुला निर्माणस्थलमा ढलेको थियो। बुधवारको घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ। कम्तीमा १७ जना घाइते भएको र तीमध्ये सात जना बालबालिका रहेको बताइएको छ। न्यूयोर्क सिटीको अग्निनियन्त्रण निकायले उद्धार कार्यलाई “अति खतरनाक” भनेको छ। भवन भत्किनुको कारण थाहा हुन सकेको छैन।