

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । यस अभियानमा देशका विभिन्न स्थानका १६ उपभोक्ताले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका छन् । कार विजेता लामाले पुरस्कार जितेको खबर सुरुमा पत्याउनै गाह्रो भएको बताए । “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ । कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो । म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु,” उनले भने ।
मोटरसाइकल विजेतामा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल र वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् । स्कुटर विजेतामा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार छन् । सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती र सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् । कम्पनीले अभियानमा एउटा प्रोटोन कार, १८ वटा मोटरसाइकल र १८ वटा स्कुटर पुरस्कारमा राखेको थियो । कम्पनीका अनुसार अब दुई वटा मोटरसाइकल र छ वटा स्कुटर जित्ने अवसर बाँकी छ । कम्पनीले बाँकी पुरस्कारका लागि उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

सम्बन्धित खबर











