Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फेसबुकमा दुई स्टाटस लेखेको भोलिपल्ट योगेन्द्र खतिवडा मृत फेला

Advertisement800×200-1

झापा । कनकाई नगरपालिका–३, कालिकास्थानका योगेन्द्र खतिवडा फेसबुकमा दुईवटा स्टाटस लेखेको भोलिपल्ट मृत फेला परेका छन्। प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ। इनम सापकोटासँग जोडिएको विवाद सार्वजनिक भएपछि करिब दुई वर्षदेखि फेसबुकमा निष्क्रिय खतिवडाले लगातार दुईवटा स्टाटस लेखेका थिए। आफ्नो परिवारसँग भएको भनिएको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका थिए।

प्रहरीले सोमबार बिहान खतिवडाको घरबाट उनको मोबाइल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकका अनुसार मोबाइल थप परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको फरेन्सिक प्रयोगशालामा पठाउने तयारी भइरहेको छ। प्रहरीले खतिवडा र सापकोटाबीचको सम्बन्ध तथा उनीहरूबीच सन्देश आदानप्रदान भएको भनिएको विषय पनि अनुसन्धान गरिरहेको छ। सापकोटासँग जोडेर सार्वजनिक भएका विवरणको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष युवराज चम्लागाईंका अनुसार खतिवडाको मोबाइलमा घटनासम्बन्धी केही विवरण लेखिएको भेटिएको थियो। उक्त विवरणमा कसैलाई दोष नलगाइएको उनले बताए। खतिवडाले कनकाई–८, लक्ष्मीपुरमा भिजन सिनेमाटोग्राफी स्टुडियो सञ्चालन गर्दै आएका थिए। भद्रपुर अस्पतालमा पोस्टमार्टमपछि परिवारले शव बुझेको प्रहरीले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर