Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बझाङमा अटोरिक्सा दुर्घटनामा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

Advertisement800×200-1

धनगढी। बझाङको बुंगल नगरपालिका–१०, टुमेडामा अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अटोमा सवार एक बालक बेपत्ता छन्। बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा बुंगल–१० की अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी टेकबहादुर जोराले जानकारी दिए। प्रहरीले बेपत्ता बालकको खोजी भइरहेको जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

उता मुगुमा आइतबार भएको जिप दुर्घटनाका दुई घाइतेलाई थप उपचारका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ। दुर्घटनामा घाइते भएका चालक ललितपुर वडा नं. १५ का ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापालाई बिहान साढे १० बजे सुर्खेत पठाइएको डीएसपी रविराज थपलियाले जानकारी दिए। घाइतेसँगै स्वास्थ्यकर्मी रामलक्ष्मी मल्ल पनि गएकी छन्। काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार अपराह्न ४ः४५ बजे छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेको थियो। जिपमा सवार पाँच जनामध्ये काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। तीनै जनाको शव मुगु जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर