Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गरे

Advertisement800×200-1

काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्णले शपथ लिएका हुन्।

मन्त्रिपरिषद्ले राजदूत नियुक्तिका लागि सिफारिस गरेका १३ जनामध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो। समितिको अनुमोदनपछि सरकारले सम्बन्धित मुलुकसँग राजदूत नियुक्तिका लागि औपचारिक सहमति (अग्रिमो) मागेको थियो। सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपति पौडेलले पाण्डे, शर्मा र कर्णलाई राजदूत नियुक्त गरेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर