

छठ पर्वमा नदी र पोखरीको फोहोरले श्रद्धालुहरूलाई समस्या


पोखरीका डिल र नदी किनारमा फोहोर बढ्दै जाँदा छठ पर्व मनाउनेहरूका लागि समस्या उत्पन्न भएको छ। श्रद्धा, भक्ति र तराई भेगको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व विधिवत् सुरु भएको छ। यस पर्वको मुख्य दिन षष्ठी तिथि आइतवार परेको छ भने सरकारले सोमवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
श्रद्धालुहरूले पोखरीका डिल र नदी किनार सरसफाइ गरी पूजास्थल बनाएका छन्। तर, कलकारखानाको प्रदूषण र मानवीय गतिविधिका कारण नदी र पोखरीहरू दुर्गन्धित भएका छन्, जसले श्रद्धालुहरूलाई समस्या दिइरहेको छ। छठका बेला नदी तथा पोखरीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिनुपर्ने भएकाले फोहोर र दुर्गन्धित पानीमै पूजा गर्नुपर्ने बाध्यता रहेको वीरगन्जका स्थानीय बासिन्दाहरू बताउँछन्।
स्थानीय बासिन्दाहरूका अनुसार हरेक वर्ष छठ पर्व नजिकिएपछि मात्रै घाट सफा गर्ने गरिन्छ, जसका कारण नदी र पोखरीहरू स्वच्छ राख्न पर्याप्त काम भएको छैन।

सम्बन्धित खबर









