Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा सुनको मूल्य: भविष्यमा घट्ने सम्भावना र लगानीको उपयुक्त समय

Advertisement800×200-1

नेपाली बजारमा शुक्रबार पहेँलो धातु सुनको भाउ प्रतितोला साढे १२ हजार रुपैयाँले घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार तिहारपछि सुनको मूल्य एकै दिन ह्वात्तै घटेको हो। उनले भने, “खास गरी साना लगानीकर्ता वा साधारण निक्षेपकर्ताहरूले सुनमा लगानी गर्ने भए थोरै गर्दा हुने।” तर, सुरक्षित लगानीका रूपमा हेरिने भए पनि अहिलेको अनिश्चित समयमा त्यस्ता लगानीकर्ताले सुनको सट्टा बैंकमा निक्षेप गर्दा उपयुक्त हुने नेपाल राष्ट्र बैंकका एक भूतपूर्व कार्यकारी निर्देशकको सुझाव छ।

अमेरिकासहित केही ठूला देशहरूले लिने नीति र सुन सञ्चितिसम्बन्धी तिनीहरूका केन्द्रीय बैंकहरूको दृष्टिकोणले आउँदा दिनमा सुनको मूल्य निर्धारण हुने नरबहादुर थापाले बताए। जानकारहरूका अनुसार मुद्रास्फीति, मुद्राको भाउ र विश्वव्यापी मागले सुनको मूल्य प्रभावित हुन्छ। हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले धक्का बेहोर्नु र डेमोक्र्याटहरूले राम्रो गर्नुले विश्वभरि त्यसको असर देखिन थालेको बताइन्छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शाक्यले भने, “अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ल्याएको नतिजापश्चात् शेअर बजार उकालो लाग्यो। शेअरको भाउ बढ्दा सुनको मूल्य घट्ने गर्छ।” उनले अन्तर्राष्ट्रिय बजारमा आउँदा तीनचार महिनासम्म सुनको मूल्य बढ्न नसक्ने चर्चा सुरु भएको बताएका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा दिनमा लिने नीति कस्तो हुन्छ भन्ने कुराले पनि धेरै अर्थ राख्ने उनको तर्क छ।

साना लगानीकर्ताले के गर्ने? सुनमा कसले लगानी गर्न चाहेको हो भन्ने कुराले पनि अर्थ राख्ने जानकारहरू बताउँछन्। शाक्यका अनुसार साधारण मानिसहरूले अहिले लगानी गर्ने हो भने थोरैथोरै गर्दा उपयुक्त हुन सक्छ। उनले भने, “उदाहरणका लागि, एक लाख रुपैयाँ सुनमा लगानी गर्ने विचार छ भने २५/२५ हजार रुपैयाँ गरेर चार पटक लगानी गर्नुहोस्।” यसपालि तिहारमा गत वर्षको भन्दा सुनको बिक्री बढेको व्यवसायीहरूले बताएका छन्। शाक्यका अनुसार, “हामीले अनुमान गरेको भन्दा झन्डै दोबर बढी सुन बिक्री भएको छ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर