Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगको तयारी: मङ्सिरभित्र मिति घोषणा गर्ने अपेक्षा

Advertisement800×200-1

निर्वाचन आयोगले मङ्सिर ४ गते शुक्रबार मुख्य राष्ट्रिय दलहरूलाई निर्वाचनको छलफलका लागि बोलाएको र त्यसमा स्थानीय तहको चुनाव गर्ने सोचबारे छलफल गरिने कार्यसूची रहेको आयोगका एकजना आयुक्तले बताएका छन्। “हामी त निर्वाचनका लागि तयार मनस्थितिमा छौँ। मुख्य सरोकारवाला दलहरू नै भएकाले वहाँहरूको कुरा महत्त्वपूर्ण छ। गृहमन्त्रीज्यूसँग एक चरण त्यसबारे छलफल भइसक्यो,” निर्वाचन आयुक्त राजीव सुब्बाले भने। “मिति घोषणा गर्ने काम सरकारको हो। सरकार यसमा सकारात्मक भएकैले हामी पनि उत्साहित छौँ।” तर आयोगले यतिखेर स्थानीय र प्रदेश सभाको चुनाव एकसाथ गर्ने “पटक्कै नसोचेको” उनी बताउँछन्। “यी दुई सैद्धान्तिक रूपमै फरक स्वभाव र मर्म बोकेका चुनाव हुन्,” आयुक्त सुब्बाले भने।

नेपालको निर्वाचन आयोग ऐनले निर्वाचन अवधि भनेर निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभए सम्मको अवधि सम्झनु पर्ने जनाएको छ। यद्यपि त्यसभन्दा कम अवधि रहने गरी निर्वाचन मिति घोषणा गर्नलाई त्यसमा कुनै रोक तोक देखिँदैन। निर्वाचन आयोगका एकजना पूर्व प्रमुखले यतिखेर देशमा कुनै असामान्य परिस्थिति नरहेकाले विगतका परम्परा अनुरूप समयमै घोषणा र जनप्रतिनिधिहरूको कार्यकाल नसकिँदै नतिजा सार्वजनिक गर्ने गरी काम हुनुपर्ने बताउँछन्। “सङ्घमा लगभग दुई तिहाइको बहुमत भए तापनि रास्वपाको स्थानीय तह र प्रदेशमा कुनै उपस्थिति छैन। त्यसैले सबैभन्दा बढ्ता अग्रसर सत्तारुढ दल नै हुन आवश्यक छ जस्तो लाग्छ,” पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने।

“उनीहरूका लागि यो जनताको पछिल्लो धारणा जाँच्ने अवसर र चुनौती बोकेको मध्यावधि चुनावजस्तो हो।” २०८३ असोज मसान्तमा प्रकाशित आयोगको विवरणमा गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका १ करोड ९० लाख ९१ हजार ३७५ जना योग्य मतदाता रहेका छन्। “साधरणतया [कार्यकाल सकिनुभन्दा] दुई महिना अगावै चुनाव गराउनुपर्ने भन्ने हुन्छ, चुनाव गराउन हामीलाई चार महिना चाहिन्छ,” राजीव सुब्बा भन्छन्। “कात्तिक लगभग सकियो। मङ्सिरको बीचतिर चुनावको मिति घोषणा हुनुपर्ने हुन्छ। १२० दिनका हिसाबले मध्य मङ्सिरसम्म मिति घोषणा हुन सक्यो भने चैतको अन्त्यसम्ममा चुनाव गराउन सक्ने हुन्छ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर