

एलिस हुआङका श्रीमानले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे?


वाल स्ट्रिट जर्नलले एलिस हुआङ र चिनियाँ व्यापारी काङ वेईले एनभिडियाका उन्नत चिप्स र चीनका डाटा सेन्टर परियोजनामा समानान्तर काम गरेको जनाएको छ। रिपोर्टअनुसार काङ वेईसँग जोडिएका परियोजनाहरूको प्रस्तावित लगानी सन् २०२१ देखि २०२४ बीच ९ अर्ब डलरभन्दा बढी थियो। सिंगापुरले सन् २०२५ फेब्रुअरीमा मेगास्पिडमाथि अनुसन्धान शुरू गरी एलिस हुआङलाई कडा चेतावनी दिएको छ र उनलाई पुनः प्रवेशमा प्रतिबन्ध लगाएको छ। एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङले कथित चिनियाँ जासुस एलिस हुआङसँगको उनको प्रेम सम्बन्ध बाहिरिएपछि आफ्नो पद गुमाएका छन्। एलिसले एनभिडियाको प्रतिस्पर्धी चिनियाँ कम्पनीलाई टेक चिप्सको गोप्य डाटा सेयर गरिरहेको अनुमान गरिएको थियो। अमेरिकी सञ्चारमाध्यम, वाल स्ट्रिट जर्नलको एक रिपोर्टले यस विषयमा थप अर्को पनि दाबी गरेको छ। उक्त रिपोर्टअनुसार, जेन्सेनलाई एलिससँग काङ वेई नाम गरेका एक चिनियाँ व्यापारीले चिनाएका थिए। जेन्सेनले उनलाई दशकौंदेखि चिनेका थिए। पछि गएर ती वेई नै एलिसका श्रीमान् भएको खुलासा भयो। रिपोर्टअनुसार, एलिसका श्रीमानले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर बनाएका छन्। यो डाटा सेन्टरलाई चीन सरकारले सहयोग गरेको छ।
पहिलो भेट वाल स्ट्रिट जर्नलको अनुसन्धानअनुसार एलिस हुआङ र उनका श्रीमान् काङ वेई समानान्तर व्यापारिक स्वार्थमा काम गरिरहेका थिए। उनीहरूको यो कामले चीनको आर्टिफिसियल इन्टेलिजेन्स क्षमता बलियो बनाउने महत्त्वाकाङ्क्षालाई सघाएको थियो। एलिसले एनभिडियाका तत्कालीन सीईओ जेन्सेन हुआङसँग सम्बन्ध बढाइन्। पछि यो सम्बन्ध प्रेममा बदलियो। उता काङले भने चीनभरि सरकारी सहयोग प्राप्त डाटा सेन्टरहरूको सञ्जाल निर्माण गर्न काम गरिरहेका थिए। वाल स्ट्रिट जर्नलले उनीहरूको आ-आफ्नो भूमिकालाई यसरी वर्णन गरेको छ, ‘उनको काम: एनभिडियाका तत्कालीन सीईओ जेन्सेन हुआङसँग सम्बन्ध विकास गर्नु -जुन पछि प्रेम सम्बन्धमा परिणत भयो – र वासिङ्टनले चीनबाट टाढा राख्न खोजेका कम्पनीका अत्याधुनिक कम्प्युटिङ चिप्सको आपूर्ति मार्ग सुरक्षित गर्नु। उनका (वेई) काम: चीनभरि सरकार समर्थित डेटा सेन्टरहरूको विशाल सञ्जाल निर्माण गर्नु।’
एलिसको व्यापारिक स्वार्थ मेगास्पिडमार्फत अगाडि बढेको थियो। मेगास्पिड सिंगापुरमा आधारित एक कम्पनी हो। उनले यही कम्पनीमार्फत एनभिडियाका उन्नत कम्प्युटिङ चिप्समा पहुँच खोजेकी थिइन्। उता काङले भने चीनमा आफ्नो व्यापारिक सञ्जालमार्फत डाटा सेन्टर परियोजनाहरू विकास गरिरहेका थिए। यसरी उनीहरूका गतिविधि एआई दौडका दुई महत्त्वपूर्ण पक्षसँग जोडिएका थिए। ती पक्ष उन्नत प्रोसेसरहरूमा पहुँच र एआई कम्प्युटिङ सञ्चालनका लागि आवश्यक पूर्वाधार हुन्। यो अनुसन्धान चिनियाँ सार्वजनिक अभिलेखहरूको समीक्षामा आधारित थियो। यसले अमेरिका र चीनबीचको प्रविधि विभाजनको विपरीत पक्षमा यो दम्पतीका गतिविधि कसरी सञ्चालित थिए भन्ने कुरालाई प्रकाशमा ल्याएको छ। एलिसको एनभिडियासँगको सम्बन्ध र काङका सरकारी सहयोग प्राप्त पूर्वाधार उद्यमहरूले यस बृहत् चित्रका छुट्टाछुट्टै हिस्सा बनाएका थिए।

सम्बन्धित खबर









