
नेपाल भलिबल लिग (एनभीएल) को अक्सन ललितपुरस्थित रोयल टुलिपमा जारी छ। अक्सनको क्याटगोरी ‘ए’ बाट २४ खेलाडी ६ टोलीमा समान ४ जनाका दरले अनुबन्ध भएका छन्। मिडलब्लकर दुवै चिरन खड्का काठमाडौं रेड्स र सनोज चौधरी कर्णाली शिवराजमा लक्की ड्र मार्फत अनुबन्ध भएका छन्। १० साउन, काठमाडौं।
नेपाल भलिबल लिग (एनभीएल) को अक्सन जारी छ। ललितपुरस्थित रोयल टुलिपमा जारी अक्सनमा क्याटगोरी ‘ए’ भित्रका २४ खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन्। प्रत्येक टोलीले समान ४ खेलाडी क्याटगोरी ‘ए’ बाट भित्राएका छन्। अब क्याटगोरी ‘बी’ बाट १८ खेलाडी एनभीएलका लागि अनुबन्ध गरिनेछन्। क्याटगोरी ‘ए’ बाट मिडलब्लकर जोडी चिरन खड्का र सनोज चौधरी सबै ६ टोलीले बोली लगाउने खेलाडी बनेका थिए। सबै टोलीले अनुबन्ध गर्न चाहेका चिरन लक्की ड्र मार्फत काठमाडौं रेड्समा र सनोज कर्णाली शिवराजमा अनुबन्ध भएका छन्।






