नेपालले काभा पुरुष भलिबल लिगको अन्तिम खेलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने

अहिलेसम्म चार खेलमा लगातार पराजित हुँदै आएको नेपालले आफ्नो पहिलो जित खोजिरहेको छ। उज्बेकिस्तानले चार खेलमध्ये दुई जित र दुई हार समेटेको छ। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले सोमबार उज्बेकिस्तानसँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ। नेपाल हाल तीन अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ। सेमिफाइनलमा पुग्न नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा हराउनु पर्नेछ र अन्य खेलहरुको नतिजा पनि अनुकूल हुनुपर्नेछ।
११ साउन, काठमाडौं। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार आफ्नो अन्तिम लिग खेल उज्बेकिस्तानसँग खेल्न लागेको छ। इस्लामावादस्थित लियाकत जिम्न्यासियममा यो खेल नेपाली समय अनुसार विहान ११:१५ बजे सुरु हुनेछ। नेपालले तीन खेल पाँचौं सेटसम्म लड्दै पराजित भएको छ भने पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। नेपालसँग हाल तीन अंक छन् र छ टिम सहभागी यस प्रतियोगिताको तालिकामा अन्तिम स्थानमा छ। शीर्ष चारमा रही सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना निकै कम छ। सेमिफाइनल मौका पाउन नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गर्नुपर्नेछ साथै अरु खेलका नतिजा पनि आफनो पक्षमा आउनुपर्नेछ।






