भारतको सहयोगमा दार्चुलामा ७ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण हुँदै

भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण थालिने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव बशिष्ठ नंदन र नगर प्रमुख बिजय सिंह धामीले संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका छन्। यो परियोजना दार्चुलामा सञ्चालनमा रहेको ११औं उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत हुने बताइएको छ।
११ साउन, काठमाडौं। भारत सरकारको सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको छ। काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव बशिष्ठ नंदन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन्। भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुने दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार, यो दार्चुलामा संचालन भईरहेको ११औं उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गतको काम हो। शिलान्यास कार्यक्रममा मेयरसहित अन्य वक्ताहरूले भारत सरकारको सहयोगको प्रशंसा गर्दै दार्चुलाको शिक्षा क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।






