Skip to main content

ओडिआई क्रिकेटमा करण केसीले १०० विकेटको सफलताको कीर्तिमान सेट गरे

नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्ध भएको खेलमा २ विकेट लिएपछि नेपाली तीव्र गतिका बलर करण केसीले ओडिआई क्रिकेटमा १०० विकेटको माइलस्टोन पुरा गरेका छन्। उनले ७२ ओडिआई खेलमा कुल १०३ विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन्। यस उपलब्धिसँगै करण ओडिआई क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि लेग स्पिनर सन्दीप लामिछानेले यो सफलता प्राप्त गरेका थिए।

नामिबिया विरुद्धको खेलमा करणले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए, जसमा उनले १० ओभरमा २ मेडन राखेर केवल २९ रन खर्च गरेका थिए। यस खेलमा उनले व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि ओडिआई अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक ५ विकेट लिने कीर्तिमान कायम गरेका छन्। करणले चार पटक एउटै खेलमा ५ विकेट लिएका छन्।

लिग २ मा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनायो। नामिबियाका लागि फ्रायलिंकले शतकीय प्रहार गरेका छन्। यसैबीच, सोमपाल कामीले पनि १ विकेट लिएर आफ्नो ओडिआई करिअरमा ९९ विकेट पुर्‍याएका छन् र अब उनी १०० विकेट पूरा गर्न १ विकेट टाढा छन्।