
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालले टोलीमा सोमपाल कामी र सन्दीप लामिछानेको स्थानमा हेमन्त धामी र ललित राजवंशीलाई समावेश गरेको छ। लगातार तीन खेलमा पराजित नेपालका लागि आजको खेलमा नेदरल्यान्ड्सलाई हराउन नसकेमा शीर्ष चारमा पर्न सम्भावना लगभग समाप्त हुनेछ। नेपाली टोलीमा रिजर्भमा रहेका हेमन्त धामीले चोटका कारण बाहिरिएका नन्दन यादवको स्थानमा अवसर पाएका हुन् भने खेल पौने ३ बजेदेखि सुरु हुनेछ। १३ साउन, काठमाडौं।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको छ। घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले दुई परिवर्तन गरेको छ। पेस बलर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राखिएको छ। उनहरूको स्थानमा हेमन्त धामी र ललित राजवंशी टोलीमा आएका छन्। हेमन्त सधैंको टोलीमा नभए पनि रिजर्भमा राखिएका थिए। चोटका कारण बाहिरिएका नन्दन यादवको स्थानमा हेमन्त धामीले अवसर पाएका हुन्।
सन्दीप लामिछानेले यस शृङ्खलाका तीन खेलमा विकेट लिन सकेका छैनन् भने सोमपाल कामीले ३ खेलमा २ विकेट लिएका थिए। नेपाल र नेदरल्यान्ड्सबीचको खेल पौने ३ बजेदेखि सुरु हुनेछ। शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले यो तेस्रो खेल खेल्न लागेको हो। नेपालले यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। लगातार हारले नेपालको लिग २ मा शीर्ष ४ मा पर्न र सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना कम भएको छ। नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सबाट हार र तेस्रो खेलमा पुनः नामिबियासँग पराजित भएको थियो।
लिग २ अंकतालिकामा हाल नेपालले ३१ खेलबाट २४ अंक जोडेको छ र छैटौं स्थानमा छ। नेदरल्यान्ड्सको ३० खेलमा ३६ अंक छ र त्यसले तेस्रो स्थानमा छ। नामिबियाको ३१ खेलबाट २६ अंक छ। नेदरल्यान्ड्सलाई हराउन नसकेमा नेपालको शीर्ष ४ मा पर्न सम्भावना लगभग समाप्त हुनेछ। नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, हेमन्त धामी, ललित राजवंशी।






