Skip to main content

अमेरिकामा रेलको छतमा यात्रा गर्दै ज्यान जोखिममा पार्ने किशोरकिशोरी पक्राउ

ज्यान जोखिममा राखेर रेलको छतमा यात्रा गर्ने किशोरकिशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्यूयोर्क प्रहरीले ड्रोनको सहायताले रेलको छतमा यात्रा गरिरहेका पाँच किशोरकिशोरीलाई फेला पारी पक्राउ गरेको हो।

न्यूयोर्कसहित विश्वका धेरै महानगरहरूमा ‘सबवे सर्फिङ’ वा ‘ट्रेन सर्फिङ’ नामक यो क्रियाकलाप प्रतिबन्धित गरिएको छ। पछिल्ला वर्षहरूमा ‘सबवे सर्फिङ’ गर्दा धेरै मानिसहरूको मृत्यु भएको तथ्यांक पनि छ।