
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ तोकेको छ। महासंघका अनुसार, सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ। १४ साउन, काठमाडौं।
बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोदिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन यो मूल्य २ लाख ८३ हजार २ सय रुपैयाँ थियो। एक साताको अवधिमा सुनको मूल्य ७ हजार ३ सय रुपैयाँले घटेको छ। गत बिहीबार सुनको मूल्य २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३२० रुपैयाँ थियो भने आज त्यो ४ हजार ३१० रुपैयाँ कायम भएको छ। गत बिहीबार चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ थियो।






