
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लीक रोक्नका लागि ल्याइएको लोक परीक्षा संशोधन विधेयक संसद्मा पारित भएको जानकारी दिएका छन्। उनले भने, “बालबालिकाको भविष्यसँग खेलबाड गर्ने पेपर माफिया र गिरोहलाई छाडिने छैन र यस मामलामा कडा कानुन आवश्यक छ।” कडा प्रावधानसहितको यस नयाँ विधेयकले परीक्षा प्रणालीलाई सुदृढ बनाउने र भविष्यमा पेपर लीकको समस्या अन्त्य गर्ने उनले दाबी गरेका छन्। १५ साउन, काठमाडौं।
प्रधानमन्त्री मोदीले पेपर लीकको विषयलाई लिएर लगातार दोस्रो पटक इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेका छन्। बिहीबार राति इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले लोक परीक्षा संशोधन विधेयक पारित भएको जानकारी दिएका छन्। उनले भने, “पेपर लिकका कारण बालबालिकाको भविष्य संकटमा परेको छ। सबै राज्यहरूमा र केन्द्र सरकारमा पनि शिक्षा प्रणालीमा सुधार अनिवार्य आएको छ। प्रविधिको उपयोग आवश्यक छ।”
उनले थप भने, “बालबालिकाको भविष्यसँग खेलवाड गर्ने पेपर माफिया र गिरोहलाई छाडिने छैन। यस मामलामा कडा कानुनको पनि आवश्यकता छ। हामी संसद्मा विधेयक लिएर गएका थियौँ र हामीले गरेको वाचा अनुसार दुई दिन अघि दुवै सदनमा यस विषयमा विस्तारमा छलफल भयो।” उनले अगाडि भने, “अहिले दुवै सदनले यस कडा प्रावधानयुक्त विधेयक पारित गरेका छन्। अब विश्वसनीय परीक्षा प्रणालीतर्फ जाने एक महत्वपूर्ण काम सम्पन्न भएको छ।” यसअघि जुलाई २३ मा राति ११ बजे ५२ मिनेटमा प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा भिडियो जारी गर्दै पेपर लिकको विषयमा कुरा गरेका थिए। उनले आफ्ना सन्देशको सुरुवात परम्परागत रुपमा प्रयोग हुने शब्द ‘मित्रहरू’को सट्टा ‘फ्रेन्ड्स’ भनेर गरेका थिए।






