
मेकअप गरेपछि सनस्क्रिन लगाउन नछोड्दा छालामा ट्यानिङ, डार्क स्पट र चाउरिपन जस्ता समस्या देखिन सक्छ। छाला विशेषज्ञका अनुसार, मेकअप बिगार्न नचाहनेहरूले सनस्क्रिन स्प्रे वा पाउडर प्रयोग गर्नु सबैभन्दा प्रभावकारी उपाय हो। दैनिक कार्यालय, कलेज वा अन्य कामका लागि घरबाहिर निस्कने अधिकांश महिलाहरू हल्का मेकअप गर्छन्, तर मेकअप गरेपछि सनस्क्रिन कसरी लगाउने भन्ने विषयमा धेरैलाई अन्योल रहन्छ। कतिपय महिलाहरू मेकअप बिग्रने डरले दिनभरि दोहोर्याएर सनस्क्रिन नै लगाउँदैनन्, जसले छालामा सूर्यको पराबैंगनी (यूभी) किरणको प्रत्यक्ष असर पुर्याउँछ।
छाला विशेषज्ञहरू भन्छन् कि सनस्क्रिन केवल बिहान एकपटक लगाएर पुग्दैन। लामो समय बाहिर बस्दा हरेक दुईदेखि तीन घण्टा पछि पुनः प्रयोग गर्नुपर्छ। मेकअप गरिसकेपछि सही विधि अपनाउँदा मेकअप बिग्रन नदिई पनि छालालाई घामबाट सुरक्षित राख्न सकिन्छ। मेकअप गर्दा पनि सनस्क्रिन प्रयोग गर्न सकिन्छ, तर यसको लागि सही प्रकारको सनस्क्रिन रोज्नु र यसलाई सही तरिकाले लगाउनु आवश्यक छ।
सनस्क्रिन स्प्रे मेकअप बिग्रन नदिई पुनः लगाउन चाहनेहरूले साधारण क्रिम सनस्क्रिनभन्दा स्प्रे उपयुक्त मान्नुपर्छ। स्प्रे गर्दा अनुहारबाट करिब १५–२० सेन्टिमिटर टाढा राखेर समान मात्रामा छर्किनुपर्छ र केहि मिनेट सुक्न दिनुपर्छ। यसका साथै, बजारमा उपलब्ध सनस्क्रिन पाउडर पनि मेकअप गर्नेहरूका लागि उत्कृष्ट विकल्प हो। यसलाई हल्का ब्रसको मद्दतले अनुहारमा समान रूपमा लगाउन सकिन्छ।
विशेषज्ञहरूले दैनिक प्रयोगका लागि कम्तिमा एसपीएफ ३० भएको ब्रड–स्पेक्ट्रम सनस्क्रिन उत्तम मान्छन्। यदि लामो समय घाममा बस्नुपर्ने भए एसपीएफ ५० भएको सनस्क्रिन प्रयोग गर्न सकिन्छ। मेकअपलाई लामो समय टिकाउने उपायका रूपमा, अनुहारमा धेरै पसिना आउँदा मेकअप पग्लिन सक्छ। यस्तो अवस्थामा ब्लोटिङ पेपर वा सफा टिस्यु पेपरले हल्का थिच्दै पसिना सोस्नुपर्छ।






