
ग्रीसको एथेन्सको उत्तरपश्चिमी क्षेत्रमा पर्ने कान्डिली गाउँ नजिकै रहेको एउटा खेतमा सोमबार, ३ अगस्टमा आगलागी भई घोडाहरू समूहमा दौडदै गरेको देखियो। स्थानीय सञ्चारमाध्यमले खिचेको भिडिओअनुसार ती घोडाहरूलाई कुनै क्षति पुगेको छैन।
वर्तमानमा ग्रीसका विभिन्न भागहरूमा व्यापक आगलागी फैलिएको छ। केही समयअघि आगो निभाउन खटिएका दुई हेलिकोप्टर जुध्दा, तीमध्ये एउटामा सवार दुई जनाको मृत्यु भएको थियो।





