रूसद्वारा युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण, दुई जनाको मृत्यु

२० साउन, काठमाडौं। रूसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणले दुई जनाको मृत्यु र २२ जनाको घाइते हुने खबर प्राप्त भएको छ। किएभ सहरका अधिकारीहरूले एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् भने क्षेत्रीय अधिकारीहरूले भनेका छन् कि बुचामा पनि अर्का एक व्यक्तिको मृत्यु भएको छ।
युक्रेनको सैन्य प्रशासन प्रमुख तिमुर तकाचेंकोले बताएका छन्, ‘रूसले एकपटक फेरि किएभमा व्यापक आक्रमण गरिरहेको छ।’ मंगलवार राति भएको आक्रमणका क्रममा घण्टौँसम्म साइरन बज्दै रह्यो र शहर भित्र तथा वरपर विभिन्न भागहरूमा कयौं मिसाइल खसेका थिए। युक्रेनको सेनाले रूसी सेनाले सामान्य नागरिक र आवासीय क्षेत्रहरूलाई निशाना बनाएको आरोप लगाएको छ। तर, रूसले अहिलेसम्म यस आक्रमणबारे कुनै प्रतिक्रिया दिएका छैन।






