Skip to main content

नेपालको एनटी टप एण्ड टी-२० सिरिज खेल तालिका सार्वजनिक

अस्ट्रेलियामा आयोजना हुने एनटी टप एण्ड टी–२० सिरिजका लागि नेपालले खेल्ने ६ खेलको तालिका सार्वजनिक भएको छ। नेपालले असोज ५ गते एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल क्रिकेट संघले प्रतियोगिताका लागि टोली घोषणा गर्न अझै बाँकी रहेको छ।

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने एनटी टप एण्ड टी–२० सिरिजको खेल तालिका अनुसार, नेपालले ५ देखि १४ असोजसम्म डार्विनमा लिग चरणका ६ खेल खेल्ने छ। पहिलो खेलमा नेपालले असोज ५ मा एनटी स्ट्राइकसँग भिड्नेछ। दोस्रो खेल असोज ६ मा बंगलादेश उच्च प्रदर्शन टोलीसँग हुनेछ। त्यसपछि असोज ८ मा होबार्ट हरिकेन्स एकेडेमीसँग, असोज १० मा एसीटी कोमेट्ससँग, असोज ११ मा किङ्समेनसँग र असोज १३ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

गत संस्करणमा नेपालले ६ खेलमध्ये २ जित्यो र ४ मा पराजित भयो। नेपाल क्रिकेट संघ (क्यान) ले अहिलेसम्म प्रतियोगिताका लागि टोली घोषणा गरेको छैन। त्यहाँ एसीसी प्रिमियर कप पनि आयोजना हुनसक्ने सम्भावना हुँदा नेपालले दुई फरक टोली घोषणा गर्ने सम्भावनापनि रहेको छ।

नेपालको खेल तालिका:
असोज ५ – एनटी स्ट्राइक विरुद्ध नेपाल
असोज ६ – नेपाल विरुद्ध बंगलादेश उच्च प्रदर्शन
असोज ८ – नेपाल विरुद्ध हरिकेन्स
असोज १० – नेपाल विरुद्ध एसीटी कोमेट्स
असोज ११ – नेपाल विरुद्ध किङ्समेन
असोज १३ – नेपाल विरुद्ध भिक्टोरिया