Skip to main content

ठूलो मात्रामा लागुपदार्थ तस्करी गर्न खोज्ने विमानचालक पक्राउ परे

मलेसियाबाट जहाज चढेर आएका एक विमानपाइलट जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थलमा ७०,००० भन्दा बढी ‘एक्स्टसी पिल’सहित पक्राउ परेका छन्। लागुपदार्थ तस्करी गरेको आरोपमा दोषी सावित भएमा उनलाई इन्डोनेशियामा जन्मकैददेखि मृत्युदण्डसम्मको सजाय हुन सक्छ। मलेसियाको क्वालालम्पुरबाट उडान गर्दै आएका ती को-पाइलट स्वयं पनि लागुपदार्थ सेवन गरेको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

विमानस्थलका भन्सार अधिकारीहरूले उनको सूटकेसमा २६ किलो तौल भएका १४ झोला ‘एक्स्टसी पिल’ र हातमा रहेको झोलामा चार ग्राम ‘मेथ’ फेला पारेका थिए। इन्डोनेशियामा लागुपदार्थ तस्करी नियन्त्रणका लागि कडा कानुन बनाइएको छ। यद्यपि मृत्युदण्डको फैसला भए पनि विगत केही वर्षदेखि त्यो सजाय कार्यान्वयनमा आइनसकेको छ।