Skip to main content

क्रिकेटर कुशल भुर्तेललाई नेपाल टेलिकमको ब्राण्ड एम्बासडर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई नेपाल टेलिकमको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरिएको छ। यस सम्बन्धमा बुधवार आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र कुशल भुर्तेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। नेपाल टेलिकमले भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

२१ साउन, काठमाडौं। नेपाल टेलिकमले बुधवार आयोजित एक कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र कुशल भुर्तेलबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता गरिएको जानकारी दिइएको छ। टेलिकमले सामाजिक सञ्जालमार्फत कुशल भुर्तेललाई नेपाल टेलिकम परिवारमा स्वागत गर्दै उनको क्रिकेट मैदानमा देखिएको उत्साह अब कम्पनीसँग पनि सम्बन्धित भएको बताएको छ।

नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवा प्रदायक संस्था भएकाले भुर्तेलसँगको सहकार्यले ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेको छ। सन् २०२१ मा नेपाल राष्ट्रिय टोलीमा डेब्यु गरेका कुशल भुर्तेल ओडीआई र टी-२० दुवै टोलीका नियमित सदस्य रहँदै आएका छन्।