Skip to main content

२ नासा अन्तरिक्षयात्रीको ६.५ घण्टे ‘स्पेसवाक’, आईएसएसमा नयाँ सौर्य प्रणाली स्थापना गर्ने बाटो खुल्यो

दुई अन्तरिक्षयात्रीले ६.५ घण्टे ‘स्पेसवाक’ गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नयाँ सौर्य प्रणाली जडान गर्ने मार्ग खुलेको छ। नासाका अनिल मेनन र जेसिका मिअरले बिहीवार आईएसएस बाहिर निस्केर एउटा माउन्टिङ उपकरण स्थापना गरेका छन्। उनीहरूले उक्त समयमा ६.५ घण्टासम्म लामो ‘स्पेसवाक’ सम्पन्न गरेका हुन्। यस उपकरणले भविष्यमा आईएसएसमा ‘रोल-आउट सौर्य प्यानल’ जडान गर्न मार्ग प्रशस्त गर्नेछ। यस प्रणालीले आईएसएसलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।