Skip to main content

पदक विजेता चन्द्रबहादुर र अन्य तीन बक्सरलाई सम्मान

नेपाल बक्सिङ महासंघले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र उत्कृष्ट प्रदर्शन गर्ने चार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। चन्द्रबहादुर थापा र अर्पिल रानालाई पदक जितेका कारण तथा लालप्रसाद उप्रेती र अन्जनी तेलीलाई उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरिएको हो। सदस्य–सचिव रामचरित्र मेहताले खेलाडीहरूलाई ५० हजारदेखि १० हजार रुपैयाँसम्मको नगद राशी र प्रशंसा पत्र प्रदान गर्नुभयो। २२ साउन, काठमाडौं।

नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी चार खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन्। चन्द्रले सन् २०२५ मा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिप ५४ केजीमुनि कांस्य पदक जितेका थिए। सोही प्रतियोगिताको ५१ केजीमुनि लालप्रसाद क्वाटरफाइनलसम्म पुगेका थिए।

सन् २०२५ मा थाइल्यान्डमा भएको एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको पुरुष ५० केजीमुनि अर्पिलले कांस्य प्राप्त गरेका थिए। अन्जनीले सन् २०२३ मा भारतमा भएको आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजीमुनि क्वाटरफाइनल यात्रा तय गरेकी थिइन्। चन्द्रले ५० हजार, अर्पिलले २० हजार तथा लालप्रसाद र अन्जनीले समान १०–१० हजारसहित प्रशंसा पत्र पाए। उनीहरूलाई सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरे। अन्जनी भने कार्यक्रममा उपस्थित थिइनन्।