
राष्ट्रिय खेलकुद परिषद्ले आगामी पुस १५ गतेदेखि प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। राखेप सदस्य सचिव रामचरित्र मेहताले दशौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १५ दिनपछि पारा प्रतियोगिता सुरु हुने जानकारी दिनुभएको छ।
कर्णाली प्रदेशमा मंसिर १६ देखि २९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद सञ्चालन हुने मिति तोकिएको छ। पहिला पनि पारा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मिति तोकिएको थियो, तर हालसम्म आयोजना हुन सकेको छैन। दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने पनि तय भइसकेको छ।






