
सप्तरीको बोदेबरसाइनमा पसलमा काम गरिरहेका रामसेवक साहलाई बिहीबार बिहान गोमन सर्पले डसेको छ। गोमन सर्पको डसाइबाट घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ। २८ साउन, सप्तरी।
बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई बिहीबार बिहान लगभग साढे ९ बजे पसलमा काम गरिरहेको बेला सर्पले डसेको हो। घटनापछि जिल्ला वन कार्यालय सप्तरीका प्राविधिक टोलीले घटनास्थलमा पुगेर गोमन सर्पको उद्धार गरेको छ।






