
भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा डेन्जा बी५, एमजी मेजेस्टर र हुन्डाई आयोनिक ९ लगायतका प्रिमियम लक्जरी सवारीसाधन विशेष आकर्षणका रूपमा रहेका छन्। नेपाली बजारमा महँगा र प्रिमियम सवारीसाधनमा विद्युतीय तथा हाइब्रिड प्रविधिको प्रयोग बढ्दै गएको एक्स्पोले देखाएको छ। २८ साउन, काठमाडौं।
महँगा तथा प्रिमियम गाडी आकर्षणको केन्द्र बन्दै छन्। यस एक्स्पोमा ५५ भन्दा बढी ब्राण्डका दुई र चार पाङ्ग्रे सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्। एक्स्पोमा करिब १९ लाखदेखि करिब ३ करोड रुपैयाँसम्म मूल्य पर्ने गाडीहरु राखिएका छन्। डेन्जा बी५: २ करोड ९७ लाख। यो गाडी नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले प्रदर्शनमा राखेको हो। कम्पनीले डेन्जा बी५ को मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ।
एमजी मेजेस्टर: २ करोड ५० लाख। एमजीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक गरेको छ। कम्पनीले यसको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ। मेजेस्टरमा २.० लिटर ट्विन-टर्बो डिजेल इन्जिन जडान गरिएको छ। हुन्डाई आयोनिक ९: २ करोड १९ लाख ९६ हजार। हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक ९’ बिक्रीका लागि सार्वजनिक गरेको छ।
टोयोटा र्याभ ४ हाइब्रिड: २ करोड १३ लाख। टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाइमा एक्स्पोमा र्याभ ४ हाइब्रिड सार्वजनिक गरेको छ। यसको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ। एमजी एचएस प्लग-इन हाइब्रिड: १ करोड २० लाख। एमजीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले एमजी एचएस प्लग–इन हाइब्रिड बिक्री सुरु गरेको छ। बीएआईसी बीजे३०ई: १ करोड १९ लाख ९६ हजार। चिनियाँ ब्रान्ड बीएआईसीको हाइब्रिड एसयूभी बीजे३०ई पनि नाइमा एक्स्पोमा प्रदर्शित गरिएको छ।
समग्रमा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएका सात लक्जरीमध्ये चार गाडी हाइब्रिड वा प्लग-इन हाइब्रिड प्रविधिमा आधारित छन् भने दुई पूर्ण विद्युतीय गाडीहरु छन्। यसले नेपालमा महँगा गाडीको बजार बिस्तारै विद्युतीय र हाइब्रिड प्रविधितर्फ अघि बढिरहेको देखाउँछ।






