
सुनछहरीमा पहिरोमा तीन जनाको मृत्यु, एक व्यक्ति अझै बेपत्ता
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोले तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर रहेका छन्। त्यहि स्थानमा पहिरोले घर पुरिँदा ६० वर्षीया लादे घर्तीमगर बेपत्ता भएकी छिन् र उनको खोजी कार्य जारी छ। (२९ साउन, रोल्पा)
सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ्गमा रहेको वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार उक्त घरमा रहेका ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु पुष्टि भएको छ। प्रहरी अधिकारीहरूले तीनै जनाको मृत्यु भएको जानकारी दिएका छन्।
त्यसैगरी, सोही गाउँपालिका–२ कै गिट्ठे टोलमा बसोबास गर्ने करिब ६० वर्षीया लादे घर्तीमगरको घर पनि पहिरोले पुरिएको र उनी बेपत्ता रहेको बताइएको छ। वडाध्यक्ष कृष्णबहादुर बुढाले उनको खोजी कार्य निरन्तर रूपमा चलिरहेको बताएका छन्। प्रहरी तथा स्थानीयवासीहरू खोजीमा सक्रिय छन्।