Skip to main content

धनुषाका ५७ परिवारहरूलाई नापजाँचको १० वर्षपछि जग्गाधनी पुर्जा वितरण

२ भदौ, काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच सम्पन्न भए करिब दस वर्षपछि धनुषाका सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। साविक मखनाहा गाउँ विकास समिति वडा नं ६, ७, ८, ९ मा पर्ने गाउँ ब्लक ९ (स्ववासी) को जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो। नापजाँच भए पनि जनसहभागितामा कमी भएका कारण पुर्जा वितरणको प्रक्रिया लामो समयसम्म रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गामा आवश्यक प्रक्रिया पूरा गरी ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो। पुर्जा प्राप्त भएपछि ती ५७ परिवारहरूले लामो समयदेखि स्ववासीको रूपमा बसोबास गर्दै आएका जग्गामा औपचारिक रूपमा कानुनी स्वामित्व पाउनुको पुष्टि भएको छ।