
प्रकृति अन्वेषक माजिद बातेबीले इरानको माजन्दरान प्रान्तको लारिजान जिल्लाको नावा उच्च पहाडी क्षेत्रमा दुर्लभ जातको ‘पालस’ बिरालोको भिडिओ सार्वजनिक गरेका छन्। यो बिरालो अत्यन्त लजालु प्रकृतिको हुन्छ र जङ्गलमा सामान्यतया सहजै देखिँदैन। तर, बातेबीले राखेको ‘क्यामरा ट्र्याप’ले एक बिरालोको भिडिओ कैद गर्न सफल भएको छ।
मध्यएशियामा पाइने पालस बिरालो घरेलु बिरालोभन्दा केही ठूलो स्वरूपको हुन्छ। यसको शरीरको लम्बाइ करिब ६० सेन्टिमिटर र पुच्छरको लम्बाइ लगभग २५ सेन्टिमिटर रहेको हुन्छ। यसले झण्डै ३.५ किलोग्राम तौल बोकेको हुन्छ। इरान यस जातिको बिरालोले बसोबास गर्ने क्षेत्रको पश्चिमी सीमाभन्दा पर्दछ र कतिपय अवस्थामा पूर्वोत्तर इरानमा पनि यो बिरालो देखिने गर्दछ।






