
अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपाल ए टोलीले बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग ९ विकेटले लगातार दोस्रो हार व्यहोरेको छ। नेपालले दिएको १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेट गुमाएर सजिलै पूरा गर्यो। बंगलादेशका जिशान आलमले अविजित ५२ रन बनाए। नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनायो, जसमा कुशल भुर्तेलले सर्वाधिक ४६ रन जोडे। ६ भदौ, काठमाडौं।
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार सहनुपर्यो। शनिबार भएको खेलमा नेपाल ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भयो। नेपालले दिएको सामान्य १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेट गुमाएर प्राप्त गर्यो। बंगलादेशका जिशान आलमले २९ बलमा आक्रामक ब्याटिङ गर्दै अविजित ५२ रन बनाए। अरिफुल इस्लामले अविजित ३४ रन थपे। नेपालका शाहब आलमले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। कुशल भुर्तेलले सर्वाधिक ४६ रन जोड्दा बिपिन खत्रीले अविजित ११ र रिजन ढकालले १० रन बनाए। नेपालले एक समयमा ४ ओभरमा १३-५ को कमजोर स्थितिमा थियो। कुशल भुर्तेलले खराब अवस्थाबाट केही राहत प्रदान गरे। नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पनि पराजय भोगेको थियो। अब नेपालले आफ्नो तेस्रो खेल सोमबार होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्नेछ।






