इटलीको सङ्ग्रहालयबाट १.५ करोड डलर मूल्यको कलाकृति चोरीको दृश्य सीसीटीभीमा कैद

इटलीस्थित एउटा सङ्ग्रहालयबाट ९० लाख यूरो (१ करोड ५ लाख अमेरिकी डलर) मूल्यको कलाकृति चोरी भएको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ। चोरी गरिएका चित्रकलाहरू सेजान, रेन्वा र मटिसले सिर्जना गरेका हुन्। ती कलाकृतिहरूको कुल मूल्यका कारण यस घटना इटलीमा हालसालै भएका सबैभन्दा ठूला चोरीमध्ये एक मानिन्छ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै खोजीका क्रममा तीनवटा चित्रकला बरामद गरेको बताएको छ। तथापि, विज्ञप्तिमा थप कुनै विवरण दिइएको छैन।






