Skip to main content

थन्डरबोल्ट्स कप पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित

जेम्स स्कुल धापाखेलको आयोजनामा दुईदिन लामो थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडीले भाग लिएका थिए र १० उमेर समूहमा ७९ वटा विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गरिएको थियो। यू–१८ पुरुषतर्फ जेम्स स्कुलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिस स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रतियोगितामा यू–१४ पुरुषतर्फ जेम्स स्कुलका मायोन श्रेष्ठ र महिलातर्फ सेन्ट मेरीज सेकेन्डरी स्कूलकी देभान्सी जोशीले उत्कृष्ट प्रदर्शन देखाएका छन्। यू–१२ पुरुषतर्फ निसर्ग वाटिका स्कूलका साहस शाक्य र महिलातर्फ प्राइम इन्टरनेसनल आईबी स्कूलकी इभाना श्रेष्ठ उत्कृष्ट खेलाडीका रूपमा चयन भएका छन्। यू–१० उमेर समूहमा जेम्स स्कुलका चिराग महर्जन र युरो स्कूलकी बेट्टी श्रेष्ठलाई उत्कृष्टताको उपाधि दिइएको छ।

त्यसैगरी, यू–८ पुरुषतर्फ बृहस्पति विद्या सदनका केवत सिंह र कौतिक शर्मालाई संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित गरिएको छ भने महिलातर्फ युनिग्लोब सेकेन्डरी स्कूलकी भीदी गोयल उत्कृष्ट खेलाडीको रूपमा चयन भएकी छिन्।