Skip to main content

नेपाल पिकलबल विश्वकपमा भाग लिने

नेपाल पहिलोपटक पिकलबल विश्वकपमा भाग लिन लागेको छ। नेपाली टोली बिहीबार भियतनामको दानाङ जाने तयारीमा छ। आगामी अगष्ट ३० देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने प्रतियोगितामा सिनियर वर्गमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान प्रतिस्पर्धा गर्नेछन्। ओपन वर्गमा भने ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिनेछन्।

टोली व्यवस्थापक र प्रशिक्षक सौरभ भण्डारी रहेका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार आयोजित कार्यक्रममा टोलीलाई सफलता कामना गर्दै बिदाइ गरेका छन्।