
समाचार सारांश: टप एन्ड टी–२० सिरिजमा नेपाल आज आफ्नो चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग दिउँसो सवा ३ बजे खेल्दै छ। नेपाल ए ले सुरुका दुई खेलमा हार बेहोरेपछि सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गर्दै आफ्नो पहिलो जित हात पारेको थियो। एसीटी कोमेट्सले ३ खेल खेलेर किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग पराजित भइसकेको छ।
१० भदौ, काठमाडौं। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको चौथो खेलमा नेपालले आज एसीटी कोमेट्ससंग प्रतिस्पर्धा गर्दैछ। नेपाल ए र एसीटीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ। सुरुका दुई खेलमा पराजित नेपाल ए ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। एसीटी अहिलेसम्म जितविहीन छ। ३ खेल खेलिसकेको एसीटी कोमेट्स किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग पराजित भएको छ।
मुख्य प्रथम श्रेणीको ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा भाग नलिने भए पनि एसीटी टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ। विशेषगरी ‘टोयोटा नेसनल सेकेन्ड इलेभेन’ प्रतियोगिता र डार्विनमा आयोजना हुने ‘टप एन्ड’ जस्ता प्रतिष्ठित खेलहरूमा यस टोलीले प्रतिस्पर्धा गरिरहेको छ।
कप्तान निक ब्रोएसको नेतृत्वमा रहेको यो टोलीमा विस्फोटक ब्याटिङका लागि परिचित ह्यारी थोमस, उत्कृष्ट अलराउन्डर टाइलर भ्यान लुइन र जेक स्मिथ जस्ता खेलाडीहरू छन्।
नेपालको टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल।
एसीटी कोमेट्सको टोली: निक ब्रोएस (कप्तान), निक एलेन, काई ब्रन्कर, डेभ दुवे, टम होगन, डिक्सन हन्टर, ज्याक किओग, ज्याक मरोन, जित मेहता, एसाम रहमान, जेक स्मिथ, ह्यारी थोमस, अन्श तिवारी, र टाइलर भ्यान लुइन।






