Skip to main content

गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने विषयमा छलफल, घरमा कडा सुरक्षा व्यवस्था


१४ चैत, काठमाडौं । सुरक्षा जोखिमको मूल्यांकन गर्दै सरकारले जेएनयू आन्दोलनसम्बन्धी प्रकरण अनुसन्धान गर्न गठित छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिरहेको छ।

कार्की आयोगको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। त्यसयता नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुमा ठूलो आक्रोश फैलिएको छ। दिनभर काठमाडौंको वातावरण तनावपूर्ण रहेको छ।

यही कारणले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ। साथै, उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि कडा सुरक्षा व्यवस्था गरिँदै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ