
रसुवामा हिमचट्टान खसेर आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ र खोज उद्धार कार्य जारी छ। खिमलाल गौतमसहित छ जना अनुसन्धानकर्ताको अध्ययनले सगरमाथा आधार शिविरमा मानिसको पिसाबले पनि हिउँ पग्लिने देखाएको छ। अध्ययनले सन् १९९१ देखि २०२३ सम्म आधार शिविर वरिपरि सतहको तापक्रम प्रतिवर्ष ०.२८ डिग्री सेल्सियसले बढेको देखाएको छ। रसुवामा हिमचट्टान खसेको बाढीले ठूलो जनधनको महत्त्वपूर्ण क्षति पुर्याएको छ। खोज तथा उद्धार कार्यहरू अझै जारी रहेका छन्। यो ठूलो मानवीय तथा भौतिक क्षतिसँगै नेपालका हिमाल र जलवायु परिवर्तनबारे थप बहस सुरु भएको छ।
हिमाल क्षेत्रबाट अहिलेसम्मकै ठूलो विपत्तिजन्य घटना भएपछि देशका हिमाल र हिउँहरूको अवस्थाबारे विश्वभरि धेरै चासो बढेको छ। जलवायु परिवर्तनले हिमालहरूको गिरावट गरिरहेको कुरालाई थुप्रै अध्ययनहरूले पुष्टी गरेका छन्। प्राविधिक सुविधाहरूको अभाव हुँदाहुँदै हिमाल आरोहणका गतिविधि पनि तीव्र बृद्धि भएको छ भने त्यसका कारण मानवीय गतिविधिहरू हिमाल क्षेत्रमा बढेका छन्। यसै सन्दर्भमा चार जना नेपाली र दुई विदेशी अनुसन्धानकर्ताले हिमालय क्षेत्रको हिउँ पग्लिनुमा मानवीय कारणहरूको भूमिका के कस्तो छ भन्ने विषयमा गरेको नविनतम अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अध्ययनले मानिसको पिसाबले पनि हिमनदी पग्लाउन महत्वपूर्ण भूमिका खेलेको देखाएको छ।
अध्ययनकर्ताहरू खिमलाल गौतम, भर्जिनिया ब्रकेट, जर्ज जियान, महेश थापा, अनिश दाहाल र सुदीप ठकुरीले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा आधार शिविरबाट सङ्कलन गरेका तथ्यांकहरुमा आधारित भएर अध्ययन गरेका थिए। यस अध्ययनमा वैश्विक जलवायु परिवर्तन, स्थानीय जीवाश्म इन्धनको प्रयोग तथा मानिसको पिसाबजन्य विसर्जनलाई प्रमुख योगदान गर्ने पक्षका रूपमा केन्द्रित गरिएको थियो। अध्ययन अनुसार सन् २०२३ को सिजनमा आधार शिविरबाट उत्पादन हुने कुल तापीय ऊर्जा ८४९,१७४ ± १७९,७७४ मेगाजुल अनुमान गरिएको छ, जुन करीब २,४९२ ± ५२८ टन हिमनदीको बरफ पग्लाउन पर्याप्त छ।






