Skip to main content

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित

२१ भदौ, काठमाडौं। इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीले गर्दा जकार्टाको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू प्रभावित भएका छन्। उडानहरू स्थगित हुँदा अन्तर्राष्ट्रियसहित कुल २०९ उडानहरू प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार रातिदेखि सुरु भएको ज्वालामुखी विस्फोटको खरानी सुमात्राको लाम्पुङ र जाभा प्रान्तको बान्टेन क्षेत्रमा पनि फैलिँदा जनजीवनमा नकारात्मक प्रभाव परेको छ। खरानीको प्रभावका कारण केही विद्यालयहरू बन्द गरिएको छ भने माछा मार्ने काम पनि रोकिएको छ। विपद् न्यूनीकरण निकायले हाल सुनामीको जोखिम नभएको जनाएको छ।