Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

हिमालय टिभीले नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण अधिकार अनुमोदन गर्यो

Advertisement800×200-1

नेपाल प्रिमियर लिगको आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँको बोली लगाएर प्राप्त गरेको छ। नेपाल क्रिकेट संघको कार्यालयमा सोमबार बोलपत्र खोलिएको बेलामा हिमालय स्पोर्ट्सको बोली गत वर्षको मूल्यभन्दा पाँच गुणाभन्दा बढी र न्यूनतम रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको पाइएको छ। हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकार पाउनु आफूहरूका लागि गर्वको विषय भएको र नेपाली क्रिकेटप्रति दीर्घकालीन प्रतिबद्धता रहेको बुझाएको छ। २२ भदौ, काठमाडौं।

बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ। सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (करबाहेक १४.५६ करोड) कीर्तिमानी बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो। कम्पनीले सोमबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ।

विज्ञप्तिअनुसार, हिमालय स्पोर्ट्सले कबोल गरेको यो रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी रहेको छ। ‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ हिमालय स्पोर्ट्सले स्पष्ट पारेको छ।

खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने कुराको शक्तिशाली उदाहरण एनपीएलको बढ्दो मूल्यले देखाएको कम्पनीको निष्कर्ष छ। यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र खेलको विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ। हिमालय स्पोर्ट्सका लागि यो प्रसारण अधिकारको खरिद मात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता पनि रहेको बताइएको छ। एनपीएललाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने कम्पनीले जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर