
चाडपर्व, विवाह, पूजा तथा पारिवारिक जमघटहरूमा साडी, कुर्ता, अनारकली वा लेहेंगासँग मेल खाने पाँच सजिला हेयरस्टाइलहरू प्रस्तुत गरिएको छ। चाडपर्व, विवाह, पूजा, पारिवारिक जमघट वा कुनै विशेष अवसरमा साडी, कुर्ता, अनारकली वा लेहेंगा लगाउँदा कस्तो हेयरस्टाइल बनाउने? यो प्रश्न धेरैले सोध्ने गर्दछन्। विशेष पारिवारिक जमघट हुँदा अधिकांश महिलाहरूलाई यो समस्या हुन्छ। राम्रो हेयरस्टाइलले पहिरनको सौन्दर्य मात्र बढाउँदैन, अनुहारको बनावट पनि आकर्षक बनाउँछ। हेयरस्टाइल बनाउनको लागि हरेक पटक पार्लर जानुपर्ने छैन। घरमै केही मिनेटमै सजिलै बनाइने हेयरस्टाइलले पनि एथनिक पहिरनलाई आकर्षक र व्यवस्थित देखाउन सक्छ। त्यसमा गजरा, फूल, मोतीका हेयरपिन वा अन्य सामान्य सामग्री थप्दा साधारण हेयरस्टाइल पनि विशेष देखिन्छ।
आजकल सरल, प्राकृतिक तथा सहज हेयरस्टाइलको ट्रेन्ड बढिरहेको छ। लामो समय टिक्ने र विभिन्न एथनिक पहिरनसँग सजिलै मिल्ने यस्ता हेयरस्टाइलहरू चाडपर्वका लागि उपयोगी हुन सक्छन्। क्लासिक लो बन साडी, सिल्कको कुर्ता वा लेहेंगासँग लो बन निकै सुहाउँदो देखिन्छ। कपाललाई बीच वा साइडबाट छुट्याएर तलतिर सफासँग बाँधेर बन बनाउन सकिन्छ। यसलाई अझ आकर्षक बनाउन गजरा, ताजा फूल वा मोतीका हेयरपिन प्रयोग गर्न सकिन्छ। यो शैलीले अनुहारलाई सफा र स्टाइलिश देखाउँछ। परम्परागत पहिरनमा यो शाही र आकर्षक देखिन्छ।
साइड ब्रेड परम्परागत पहिरनमा केहि फरक शैली थप्न चाहिने हो भने साइड ब्रेड वा छेउतिरको चोटी राम्रो विकल्प हो। कपाललाई एकतिर लगाएर हल्का खुकुलो चुल्ठो बनाउन सकिन्छ। चुल्ठोमा साना फूल, रिबन वा आकर्षक पिन लगाउँदा हेयरस्टाइल अझ सुन्दर देखिन्छ। लामो कपालमा यो शैली विशेष रूपमा खुल्छ। कुर्ता, अनारकली र लेहेंगासँग सजिलै मिलाउन सकिन्छ। हाफ–अप हाफ–डाउन खुला कपाललाई मन पराउनेहरूका लागि हाफ–अप हाफ–डाउन, अर्थात् केही कपाल बाँधेर बाँकी खुला राख्ने शैली उपयुक्त हुन्छ।
अगाडिको केही कपाललाई पछाडि लगेर पिनले बाँध्ने र बाँकी खुला राख्ने गरिन्छ। कपालमा हल्का घुमाउरोपन थप्दा यो हेयरस्टाइल अझ आकर्षक देखिन्छ। लगभग सबै प्रकारका अनुहार र एथनिक पहिरनमा सुहाउँदा चाडपर्वका लागि सजिलो विकल्प बन्न सक्छ। हल्का वेभसहित खुला कपाल धेरै समय लिएर हेयरस्टाइल बनाउन नचाहनेहरूको लागि हल्का वेभ बनाएर कपाल खुला राख्न सकिन्छ। कपाललाई बीच वा साइडबाट छुट्याएर हल्का घुमाउरो बनाउने र सुन्दर हेयरक्लिप, फूल वा मागटीका थप्न सकिन्छ। जर्जेट, सिफन तथा फूलबुट्टे एथनिक पहिरनसँग यस्तो हेयरस्टाइल विशेष आकर्षक देखिन्छ।
सरल र प्राकृतिक देखिन चाहनेहरूका लागि यो राम्रो विकल्प हो। ट्विस्टेड लो पोनीटेल साधारण पोनीटेललाई पनि केही फरक तरिकाले बनाइ आकर्षक बनाउन सकिन्छ। कपालको दुवैतर्फबाट केही भाग छुट्याएर हल्का ट्विस्ट गर्दै पछाडि लगाएर तलतिर पोनीटेल गर्न सकिन्छ। त्यसपछि मोतीको हेयरपिन, धातुको क्लिप वा अन्य सामान्य सामग्री थप्न सकिन्छ। सरल तर स्टाइलिस देखिन चाहनेहरूका लागि यो हेयरस्टाइल उपयुक्त छ। पूजा, पारिवारिक जमघटदेखि चाडपर्वको कार्यालय समारोहसम्म सजिलै अपनाउन सकिन्छ।
हेयरस्टाइललाई अझ आकर्षक बनाउन के गर्नुहोस् हेयरस्टाइल बनाउँदा कपाललाई राम्ररी सुल्झाउनु आवश्यक छ। कपाल धेरै रुखो वा अस्तव्यस्त भएमा थोरै हेयर सिरम लगाएर मुलायम बनाउन सकिन्छ। लामो समय टिकाउन हल्का होल्ड भएको हेयर स्प्रे प्रयोग गर्नु राम्रो हुन्छ। ताजा फूल, मोतीका पिन वा सामान्य हेयर एक्सेसरिजले एथनिक लुकलाई थप आकर्षक बनाउँछ। तथापि, हेयरस्टाइल र सजावट चयन गर्दा धेरै सामग्रीको सट्टा आफ्नो पहिरन, अनुहारको बनावट र अवसरको अनुसार मिलाएर प्रयोग गर्नु उत्तम हुन्छ।






