काजोलले फिरिरीको दोस्रो हप्ताको लक्की ड्रमा ३० हजारको उपहार जितिन्

काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एपका प्रयोगकर्तामध्ये काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छिन्। उनले फिरिरीमार्फत बाइक सर्भिस लिएपछि लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्। विजेता काजोलका अनुसार आफन्तले फिरिरी एपका बारेमा जानकारी दिएपछि उनले एप डाउनलोड गरेकी थिइन्।
काजोलले भनिन्, “एक जना दिदीले फिरिरीका बारेमा भनेपछि मैले डाउनलोड गरेकी थिएँ। नेपालीको आफ्नै राइड सेयरिङ एप भएको भन्ने सुनेँ। त्यसपछि यसको सेवा प्रयोग गर्न थालेँ। मलाई यसको सेवा एकदमै राम्रो लाग्यो। महँगो पनि छैन। नेपाली एप भएपछि झन् प्रयोग गर्नैपर्छ भन्ने लाग्यो। अहिले अरू नाम चलेका धेरै कम्पनी विदेशी छन्।”
फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनामै करिब १० हजार राइडर्सले फिरिरीमा जोडिएका छन्। उनले भने, “फिरिरी नेपालीले निर्माण गरेको नेपाली डिजिटल प्लेटफर्म भएकाले यसलाई देशभर विस्तार गर्ने योजना रहेको छ।” हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने तयारी गरेको खड्काले जानकारी दिए।
फिरिरीमा राइड सेयरिङ सेवाका अतिरिक्त फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवा समेत उपलब्ध छन्। एउटै एपमार्फत विभिन्न डिजिटल सेवा लिन सकिने भएकाले फिरिरीलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ। फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोग गर्ने उपभोक्तामध्येबाट प्रत्येक साता लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी उपहार प्रदान गर्दै आएको छ। यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन्। कम्पनीका अनुसार प्रयोगकर्तालाई फिरिरीका सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले साप्ताहिक लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको हो।